सम्पादकीय

नयाँ प्रधानमन्त्रीका कार्यभार


नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मंगलवार मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएं । उनी यो संगै चारपटक नेपालको प्रधानमन्त्री बनेका छन् । जिवन राजनीतिका लागि समर्पण गरेकाका लागि निसन्देह रुपष्मा प्रधानमन्त्री प्रमुख लक्ष्य हो, सारमा मुलुकको समृद्वि प्रमुख लक्ष्य हुनुपर्छ ।  पटक पटक प्रधानमन्त्री बन्न देउवा सफल भएका छन् । यो विश्व राजनीतिमा कमै राजनीतिक पात्रलाई प्राप्त हुने विशेष अवसर हो । नेपालको हकमा देउवा त्यो विशेष राजनीतिक पात्र बनेका छन् । यसअर्थमा पनि अवसरका हिसावले उनी बधाईका पात्र भएका छन् । तर उनका लागि चुनौतिको पहाड पनि उत्तिकै छ । उनी यस्तो बेलामा प्रधानमन्त्री भएका छन् , जतिवेला प्रमुख प्रतिपक्षी सनातनि पाराको सदनमै निदाउने खालको छैन् । प्रतिपक्षी जागरुक छ, सर्तक छ , प्रतिपक्षीले केवल प्रतिपक्षीको धर्म निर्वाह मात्र गरिरहेको छैन्, देशका आम जनताको सहानूभूतिको प्रतिनिधित्व पनि गरिरहेको छ । उ कुनै खुद्रा मुद्वालाई लिएर आन्दोलित छैन, उ राष्ट्रियताको सवाललाई लिएर आन्दोलित छ , उ जनताको अभिमतलाई सिधै खारेज गर्न खोज्ने निरंकुश चरित्रविरुद्व उद्देलित छ ।

मुलुकमा पहिलो चरणको स्थानिय निर्वाचनमा उ विजयका हिसावले पहिलो भएको छ अर्थात नेपाली राजनीतिको संस्थापन भएको छ । भलै उ सत्तामा छैन तर सत्य र सच्चाईको असली प्रवक्तजस्तै भएको छ । स्थानीय तहकै पहिलो चरणको निर्वाचन सम्पन्न भएपनि दोस्रो चरण बाँकी नै छ अनि बाँकी दुई तहका निर्वाचन त सिंगै बाँकी नै छन् । यी निर्वाचन सम्पन्न गर्नुमा संविधान कार्यान्वयनको वैधता गासिएको छ । निर्वाचन भयो संविधान कार्यान्वयन भयो , निर्वाचन हुन सकेन मुलुक अर्को संवैधानिक संकटमा फस्यो । उता मधेशवादी संशोधन भनिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संशोधनको विपक्षीमा छन् । प्रधानमन्त्री बन्न त देउवालाई सुविधानजनक बहुमत पुग्यो तर संविधान संशोधनको पक्षमा त्यो दुई तिहाई पुर्याउन सरकारलाई कठिन छ । संशोधन हुन सकेन भने मधेशवादी दल के गर्छन, चुनावमा भाग लिन्छन या फेरी आन्दोलनमै जान्छन ? आजको यक्ष प्रश्न यहि हो ।

संविधान कार्यान्वयन एकातिर तिनै तहका निर्वाचनसंग गासिएको छ भने अर्कातिर संशोधनसंग पनि गासिएको छ । यस्तो कठिन अवस्थामा यो ऐतिहासिक कार्यभार सम्पन्न गर्ने मोडमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका छन् । विशेषत आइजीपी प्रकरण र प्रधान्यायधिश सुशिला कार्कीविरुद्वको महाअभियोग प्रस्तावका सन्दर्भमा देउवा काफी मात्रामा आलोचित भएका पात्र हुन् । उनी विद्राही स्वभावका पनि छन् । आफ्नो राजनीतिक जिवनमा कोइराला परिवारको कोपभाजनमा परेका देउवा यतिवेला प्राविधिक रुपमा नेपाली राजनीतिको शिखरमा छन् । यो शिखर प्राविधिक रुपमा मात्र सिमित रहन्छ या तात्विक रुपमा पनि शिखर प्रमाणित हुन्छ , त्यो हेर्न भने बाकी छ । उनले अव प्रमुख प्रतिपक्षीलाई चिडयाएर, पेलेर , प्रतिपक्षीको अडानलाई,अवरोधलाई दम्भ मात्र भनेर अगाडि बढन खोजे भने त्यसले दुर्घटना निम्तयाउंछ, रचनात्मक रुपमा संवादमार्फत समस्या समाधानको मार्गचित्र पहिल्याउन सफल भएभने उनले इतिहासमा गरेका धेरै राजनीतिक खतहरुलाई जनताले माफ गरिदिनेछन् । आगे देउवाको मर्जि ।

प्रतिकृया दिनुहोस