विविध

फ्युचर स्टार्स स्कुलले मनायो वातावरण दिवस

ललितपुर । जावालखेलस्थित फ्युचर स्टार्स हाई स्कुलले वातावरण दिवस मनाएको छ । विद्यालयले वातावरण दिवसका अवसरमा र्यालीको आयोजना गरेको थियो ।

जावलाखेलबाट सुरु भएको र्याली कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुँदै पुनः जावलाखेलमा पुगेको थियो । र्यालीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी र शिक्षक शिक्षिकाहरुको सहभागिता थियो । विद्यार्थीहरुले वातावरण जोगाउने नारा लेखिएका विभिन्न प्ले कार्ड बोकेका थिए ।

त्यस्तै केहि विद्यार्थीहरुले भने विद्यालय प्रांगण भित्रैको पर्खालमा वातावरणमैत्री पेन्टिङ गरेका थिए । विद्यालयले प्रत्येक वर्ष वातावरण दिवस मनाउँदै आएको छ ।


विश्वभर जुन ५ का दिन वातावरण दिवस मनाउने गरिन्छ । आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाबारे समाजमा जागृति ल्याउने उद्देश्य र एजेन्डा बोकी यो दिवस स्थापना गरिएको हो । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस