विविध

कुमारीपाटीमा एक दिने ब्युटि सेमिनार

ललितपुर । ललितपुर जिल्लाका विभिन्न स्थानमा रहेका ब्युटिसियनहरुको एक दिने ब्युटि सेमिनार कार्यक्रम सम्पन्न भएको छ । प्रोत्साहानाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टर, प्योर स्टाइलिस ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टर र सहारा ब्युटि होम एन्ड ट्रेनिङ सेन्टरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

कुमारीपाटीको अग्नि पार्टी प्यालेसमा भएको सेमिनारमा ललितपुरका झन्डै ३५० जना ब्युटिसियनहरुको सहभागिता थियो । सौन्दर्य विशेषज्ञ लक्ष्मी महतले कार्यक्रममा सहभागी भएकाहरुलाई सौन्दर्यका विभिन्न पक्षहरुका बारेमा जानकारी गराएकी थिइन् । दैनिक गर्नुपर्ने मेकअपका बारेमा सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा सेमिनारको प्रायोजक न्यु लुककी सिर्जना थापाले प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा हेयर स्ट्रेटका विभिन्न तरीका, हेयर हाईलाईट, हेयर कलरका विभिन्न तरीकाका बारेमा प्रत्यक्ष व्यवहारिक रुपमा विभिन्न सौन्दर्य विशेषज्ञहरुले जानकारी गराएका थिए । सेमिनार कार्यक्रममा विभिन्न सहयोगीहरुलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संयोजन ब्युटिसियन रिना अवाले, रेनु राना र रचना शाक्यले गरेका थिए । सेमिनार कार्यक्रमलाई ब्युटि प्रोडक्ट न्यु लुकले प्रायोजन गरेको हो ।

प्रतिकृया दिनुहोस