साहित्य

नौलो अनुभव


दिदी भोलि टप फुकाएर आउनुस है ,फेरि अर्को अडर आयो l सन्ध्यालाई नमिठो लाग्यो l उनि यो नया फ्याक्ट्रीमा काम गर्न थालेको एक महिना भएको थियो l त्यहाँ ऊ भन्दा पहिले काममा लागेका थुप्रै नेपालीहरु थिए l एकजना सिनियर पद पाएकी नेपाली केटिले उसलाई सम्पूर्ण एरिया देखाउदै काम सिकाउने जिम्मा पाएकी थीइन l सन्ध्या त्यो फ्याक्ट्रीको सम्पूर्ण नियम पालना गर्दै काम सिकिरहेकी थिइन् ! झुक्किएर एक सब्द मात्र नेपाली भाषा बोल्यो भने पनि सजाय हुन्थ्यो कि आफु अग्रेजी नजान्ने लिस्टमा पारिन्थ्यो ! हरेक कुरोमा सतर्क रहनु पर्थ्यो l सन्ध्यालाई पहिले देखि बिदेशी बाहेक आफ्नो नेपाली देख्दा या भेट्दा प्राय नेपालि नै बोल्ने बानि परेकोले नेपालिसंग अग्रेजी बोल्न पटक्कै मुख लाग्दैनथ्यो l उसको नामको पोल धेरै पल्ट माथि पुगेकोले आजभोली बल्लतल्ल जबर्जस्ति अग्रेजी बोल्न थालेकी छिन् ! उमेरले ऊ भन्दा सानी ति सिनियर केटि सन्ध्या माथि फ्याक्ट्रीका नियमहरु लाद्छन् र लादि रहन्छन् l पहिलो दिन उसले ड़ाईमण्डको औठी लगाएकी थिईन् तिनै नेपाली केटीले फुकाल्न लगाईन र भनिन् भोलि देखि साधा एउटा मात्र वेडिंगको औठी लगाएर आउनुस ! उनि छक्क परिन् किनकि उसको बिहेमा दीइएको औठी लगाई रहनु पर्ने संस्कार उनको जतामा थिएन तर उनले केहि नभनी भोलि पल्ट एउटा साधा चाँदीको औठी लगाएर गईन् l तेस्को अघिल्लो दिन ति नेपाली सिनियर केटीको छुट्टी परेकोले एक तेस्तै सिनियर पदमा रहेकी बेलायती नागरिक संग काम गरिन तर तेस्तो केहि कम्प्लेन पाईन्न ! भोलि पल्ट उनै नेपाली सिनयर संग फेरि परिनन् त्यो दिन उनले लगाएको सिक्री खोल्न लगाईन् जुन सिक्री अघिल्लो दिन उही बेलायति नागरिक संग काम गर्दा पनि लगाएकी थिईन् l उसले चुपचाप फुकालेर गोजी तिर हालिन् l
ति नेपाली सिनियरले सोधिन् तपाई पहिले कहाँ काम गर्नु हुन्थ्यो दिदी ? सन्ध्याले भनिन् म एक हस्पिटलमा काम गर्थें l फेरि ति सिनियरले भनिन् अनि किन छोड्नु भो त त्यो काम ? सन्ध्याले भनिन् छोडेको होइन बहिनी ब्रिटेनमा अहिले आर्थिक स्थिति राम्रो नभएकोले तेस्ता थुप्रै प्राईभेट हस्पिटलहरु बन्द भए तेस्मै मैले काम गर्ने हस्पिटल पनि पर्यो l
ति सिनियरले ए.... भन्दै फेरि सोध्यो ! अनि यो फ्याक्ट्रीमा चाही को मार्फत आउनु भो नि दिदी ? सन्ध्याले भनिन् यहाँ काम गर्ने मान्छे त कोहि चिन्दिन तर इन्टरनेटमा भ्याकेन्सी देखें अनि फम भरेर आको l प्रति उतरमा त्यो सिनियरले भनिन्,खोई यो फ्याक्ट्रीलाई नेपालीहरुले के देख्छन् कुन्नि आको आकै गर्छन् ! सन्ध्या छक्क परिन् उसले नेपाली धेरै भएको ठाउमा झन् सजिलो होला भन्ठानेकी थिईन् तर यहाको माहोलले उनको सोचाईलाई ठिक उल्टो बनाई दियो l
हरेक दिन फ्याक्ट्रीको नियम अनुसार एउटा मेनीसमा दुई दुई जनाले काम गर्नु पर्थ्यो l कुनै दिन कसको कुनै दिन कसको छुट्टी परिरहने हुनाले कहिले बेलायति संग त कहिले फिलिपिन्सहरु संग काम पर्थ्यो तर धेरै हद सम्म आफ्नो नेपालीसंग भन्दा अन्य देशको संग काम गर्न सहज लाग्थ्यो सन्ध्यालाई l नेपालीसंग पर्दा कहिले के को कहिले के को कम्प्लेन खापिरहनु पर्ने धेरै खट्नु पर्ने हुन्थ्यो l नेपालीसंग अग्रेजी बोल्दा आफ्नै भाषालाई अपमान गरेझै लाग्थ्यो सन्ध्यालाई तेसैले पनि नेपालीसंग अग्रेजी बोल्नु भन्दा बिदेशीसंग अग्रेजी बोल्नु पनि सहज लाग्थ्यो ! तर उनको देश प्रेम र भाषालाई लिएर आफ्नै नेपाली टिम लिडरहरु उसले अग्रेजी नजानेर नेपाली बोलेको भनि म्यनेजरसम्म कुरो पुर्याउथे l

बेलुकी काम सकेर घर जानेबेला भेडा बाख्रा जस्तै गरि सब जना दौडेर लुगा फेर्ने रुममा जम्मा हुन्थ्ये l सन्ध्या पनि पुगी आफ्नो गोजीबाट चाबी झिकेर लकर खोल्दै कपडा फेरिन l छेउमा अन्त्य सिनियर साथीहरु कपडा फेर्दै रेला गरिरहेका थिए l सन्ध्याको पनि घर जानेबेला कसो कसो रमाईलो गर्न मन लाग्यो,भन्यो मेसिन नम्बर टू मा त काम निकै सारो रहेछ हौ साथि हो ? आज निकै थाकियो ,,कतिबेला मुखबाट फुत्कियो यस्तो कुरो थाहै भएन छेउमा उही सिनियर केटिबाट प्वाक्क जवाफ आईहाल्यो ! के गर्नु हुन्छ त दिदी ? यस्तै काम मन पराएर आउनु भो ? अब पछुताएर के फाईदा ? सन्ध्यालाई हद्दै भई सकेको थियो l झन्नन् रिस उठेर आयो l तर पनि घोप्टो परेर जुत्ताको लेस बाँधेरै रिसलाई सेलाउने काम गर्यो l उठ्दा ति उतौला केटीहरु हिडीसकेका थिए l चुपचाप लागेर घर तिर लाग्यो l
सोमबार बिहान दिनको खाजा खाने बेला क्यान्टिनमा सबै कामदारहरु लाईन लागेर खाना किन्दै थिए l एक्कासी हल्ला खल्ला भयो एउटी नेपाली केटीसंग अफ्रिकन केटीको झगडा भएको थियो l सन्ध्या पनि खाना किन्ने लाइनमा उभेकी थिईन्,नेहू केहि थिएन,,नेपाली केटीले खानाको क्यु काट्यो भनेर थियो झगडा l अफ्रिकन केटीले भनि तिम्रो देश नेपाल होइन यो बेलायत हो यहाँ जे पनि लाईन सिस्टमले चल्छ बुझिस ? यस्तो भन्दा कस्तो नरमाईलो लाग्यो सन्ध्यालाई l सानोमा मट्टीतेल र ग्यासको लाईन होइन धारामा दिउसै गर्ग्री पुर्याएर पानीको लाईनमा उभ्याएको झाल्झाल्ली सम्झ्यो l सेनिमा हलहरुमा टिकट किन्दाको भताभुङ्गे र गज्यांग गुजुंग लाईन याद आयो l आफ्नो देशको नाममा त्यो अफ्रिकन केटीको मुखबाट निस्केको अपमानित सब्दले सन्ध्याको मुटु दुख्नेगरी घोच्यो l
उताबाट नेपाली केटि पनि कराउदै थिईन्,तेरो देश झन् कुन्त्ताको गतिलो ? लाउन खान नपाएर रात दिन मान्छे मर्ने देश कुरो गर्छस साला ? सन्ध्या छक्क परिन l उनि उमेरले ति केटीहरुको आमा समान थिइन् तर समय र सिचुएसनले त्यहाँ उनि नौलो थिइन् l बोले पनि उनको कुरो सुन्नेवाला थीइएन्न l अन्य नेपाली केटि केटाहरु टेबलतिर बसेर खाना खाईरहेका थिए l त्यो झगडाको समाधान तर्फ कसैको ध्यान गएन l भित्र क्यान्टिनको केटोले अफिसबाट म्यानेजरलाई नै बोलाएर ल्याउनु पर्यो l
सन्ध्या छक्क परिन,यहाँ आफ्नो देशको जस्तो अपोनत्व थिएन नेपाली नेपाली बीच पनि,आदर सम्मान थिएन,पुरानोले नयाँलाई हेप्ने पेल्ने कुरोहरुले फ्याक्ट्री ग्रस्त थियो l सबै भन्थे दिदी यहाँ यस्तै हो महिना मरेर आउने तलब सम्झेर काम गर्ने हो बस l सन्ध्याले पनि तेसै गर्ने कोशिस गर्न थालिन बिस्तारै दिन बित्दै गयो l एकदिन चिया खाने बेला केहि पुराना केटीहरु गफ्फ गरिरहेका थिए l भन्दै थिए अब नेपालीहरु धेरै भईयो यो फ्याक्ट्रीमा अब ओभर टाईम गर्न नपाईने भो ? एकजनाले भनि त्यै त है ? हामी नेपालीहरु सबै ओभर टाईम भनेपछि मरिहाल्छौ है ? सन्ध्या छेउमै थिइन् उसलाई लाग्यो उसलाई नै सुनाईएको हो l केहि भन्न मन लाग्दा लाग्दै पनि उठेर बाटो लागिन l
नेपालीहरु बीच युनाईटेड नभएकोले ठुल्ठुला पदमा रहेका अफ़्रिकनहरुले मज्जाले फाईदा लुटिहरेका थिए l उनीहरु बीच राम्रो युनाईटेड हुन्थ्यो,नेपालीहरुले त्यो चिजलाई कहिले देखेनन् l नेपालीहरु इमान्दारी भएर नठगी काम गर्थे तर अफ्रिकन र बेलायतिहरु कुना कानी लुकेर मज्जाले ठगथे l फ्याक्ट्री ठुलो थियो बेलायतको बिभिन्न सुपरमार्केट तिर जाने ससेजहरु त्यहाँ उत्पादन हुन्थ्यो l सन्ध्या पनि कहिले लेबल लगाउने काम कहिले मेसिनमा उभिएर प्याकिङ्ग गर्ने काम गर्दै ६ महिना बितायो l सन्ध्याले आफु भन्दा पछि अरु नयाँ कामदार भर्ति नलागे सम्म नयाँ कामदार हुनुको पिडा धेरै खापिन्न l ६ महिना पछि केहि नयाँ कामदारहरु भर्ति भएर आए ! बल्ल नेपाली सिनियरहरुको मनको लिस्टमा पुरानो भएर टाँसिन पुग्यो l धेरै नबोल्ने अन्तर्मुखी स्वभावकी भएकीले सन्ध्याको मनमा धेरैले राज गर्न थाले l उनि प्रति नराम्रो कसैले सोचेनन् सबैसंग मिलेर काम गर्थिन् नयाँ आउनेहरुलाई पनि आफुले भोगेको अतित सम्झेर माया गर्थिन् l आफुले जानेको काम सिकाउथिन्न l बिदेशमा आएर सन्ध्याले यो अर्को अनुभब बटुलेकी थिईन् l

जानु काम्बाङ्ग लिङ्ग्देन
ताप्लेजुङ्ग हाल युके
 
 

प्रतिकृया दिनुहोस