कला/मनोरञ्जन

नाई नभन्नु ल ५ को अर्को गीत आयो

ललितपुर । चलचित्र नाई नभन्नु ल ५ को अर्को गीत सार्वजनिक भएको छ । फेरी कहाँ आउछ र घुमेर यो बालपनको उमेर... बोलको गीतको भिडियो यु ट्युबमा आएको छ । गीतमा अनुभव रेग्मी र सेड्रिना शर्माले नृत्य गरेका छन् ।

यो गीतमा समिक्षा अधिकारीको आवाज छ । शब्द र संगीत बसन्त सापकोटाको छ भने गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

वान टाइम सिनेमाको ब्यानरमा विकास राज आचार्यले निर्माण र निर्देशन गरेको यो चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल लगायतका कलाकारको अभिनय छ ।

छायाँकन पुरुषोत्तम प्रधानको छ । चलचित्र भदौ ८ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

प्रतिकृया दिनुहोस