देश

पहिरोमा परी जाजरकोटमा ४ को ज्यान गयो

जाजरकोट। पहिरोले घर पुर्दा जाजरकोटको भेरी नगरपालिका–३ मा ४ जनाको मृत्यु भएको छ । ठाँटीबजार नजिक पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

अविरल वर्षाका कारण पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिएको थियो । घटनामा एक महिलासहित ४ जनाको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।

एक जनाको भने जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले बताए । बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवितै उद्धार गरिएको हो ।

प्रतिकृया दिनुहोस