खेलकुद

रियल मड्रिडद्धारा युभेन्टस पराजित

काठमाडौं । मैत्रिपूर्ण खेलमा रियल म्याड्रिडले युभेन्टसलाई पराजित गरेको छ । रियलका लागि ग्यारेथ बेल र मार्को एसेन्सियोले गोल गरेका थिए । यो खेलमा गत महिना मात्र युभेन्टस गएका क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्वक्लबविरुद्ध मैदान उत्रिएका थिएनन् ।

खेलमा युभेन्टसले १२ औं मिनेटमा उपहार गोलमार्फत अग्रता लिएको थियो । ड्यानी कार्भाजलले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि ३९ औं मिनेटमा बेल तथा दोस्रो हाफमा एसेन्सियोले दुई गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस