विविध

लायन्स क्लबको क्याबिनेट बैठक सम्पन्न

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठक एरिया नम्वर एकको आयोजनामा भएको थियो ।

कार्यक्रममा लायन्स क्लबका इन्टरनेशनल डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लवले नेपालमा राम्रो मानविय सेवा गरेको बताए । उनले यसले गर्दा विश्वमा नै नेपालीहरुप्रति सम्मान बढेको जानकारी दिए ।

पूर्व डाइरेक्टर सञ्जय खेतानले संसारभर नेपाली लायन्सको योगदान प्रशंसनीय भएको बताए । डिष्ट्रिक्ट गर्भनर सुनिल ओझाको अध्यक्षतामा बैठक भएको थियो । बैठकमा तीन सय ८६ क्लबका १ हजार ३ सय जना सहभागी भएको आयोजकले बताएको छ । कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस