कला/मनोरञ्जन

रामकहानी चलचित्रमा पूजा शर्मा भुत ?

ललितपुर । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र रामकहानीको ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र भदौ २२ गतेबाट रिलिज हुने तयारीमा छ ।

चलचित्रको ट्रेलर हेर्दा नायिका  पूजा शर्माको भूमिका सरप्राइज रहेको अनुभव हुन्छ । यसमा पूजा शर्मा भुतको अवतारमा समेत देखा परेकी छन् । चलचित्र रामकहानीमा पूजा शर्मा, आकाश श्रेष्ठको साथमा हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईले पनि अभिनय गरेका छन् ।

मायाप्रेमका चलचित्र बनाउने निर्देशकको छबि बनाएका सुदर्शन थापाले यसलाई लभ स्टोरी मात्र नभएर हाँस्यप्रधान पनि बनाएको हो कि अनुमान गर्न सकिन्छ ।

चलचित्र रामकहानीमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन छ । यसका निर्माता पूजा शर्मा र सुदर्शन थापा हुन् । सार्वजनिक भएको ट्रेलरले यु ट्युबमा राम्रो दर्शक पाएको छ ।

प्रतिकृया दिनुहोस