देश

स्वतन्त्र न्यायपालिकामा प्रहार भयो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणका सम्बन्धमा संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने समेत कांग्रेसले दाबी गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले दुई तिहाई बहुमतका आधारमा दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । कांग्रेस शीर्ष नेताहरु र संसदीय दलको बैठकले स्वतन्त्र न्यायपालिका माथि सरकारले प्रहार गरेको ठहर गरेको छ । सरकारले स्वतन्त्र न्यायपालिकालाई नियन्त्रित गर्न खोजेको कांग्रेसले आरोप लगाएको छ ।

सत्तासीन दल नेकपाको बहुमत रहेको सुनुवाई समितिले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको नेपाली कांग्रेसले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस