विविध

प्रहरीको नगर सरसफाई कार्यक्रम

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत वातावरणीय जनचेतनामुलक तथा सरसफाई कार्यक्रम गरेको छ ।

ललितपुर महानगरपालिकाको पुल्चोक आकाशेपुलवाट शुरु भई सरस्वती मन्दीर हुदै हेरीटेज गार्डेन सानेपा सम्मको करीब दुई किलोमिटर सडकबाटो सरसफाई तथा जनचेतनामुलक नारा सहितको कार्यक्रम गरिएको थियो । प्रहरीले यो कार्यक्रम नागरीक सरोकार मञ्च, नेप्से मेक लगायतका ८३ वटासङ्घ  संस्थाको सहकार्यमा गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता सत्याल, परिसरका प्रहरी उपरिक्षक शेखर खनाल लगायत  नेपाल प्रहरीका १५० जना, नेपाली सेनाका ५२ जना, शसस्त्र प्रहरीका ४५ जना, स्थानियबासी, नागरीक समाजका अगुवा, राजनैतिक दलका प्रतिनिधी, बिभिन्न स्कुलका बिधार्थीहरु, पत्रकार र बिभिन्न संघसंस्थाका पदाधिकारीहरु समेत गरी एक हजार ६ सयको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस