देश

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत

काठमाडौं । दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेको छ । समितिको दुई तिहाई बहुमतले जोशीलाई अस्वीकृत गरेको हो ।

प्रमुख विपक्षी दल कांग्रेसले भने समितिको बैठक बहिष्कार गरेको थियो । जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत हुने पहिलो व्यक्ति बनेका छन् । २०६३ को अन्तरिम संविधानले संसदीय सुनुवाईको व्यवस्था ल्याएको थियो ।

अहिलेसम्मका सर्वोच्चका न्यायाधीश, सबै संवैधानिक अंगका पदाधिकारी र राजदूत समितिबाट अनुमोदन हुँदै आएका थिए । १५ सांसद रहेको समितिमा जोशीको विपक्षमा १० मत परेको थियो ।

सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् । प्रमुख विपक्षी कांग्रेसले मतदान प्रक्रियामा भाग नलिई बैठक बहिस्कार गरेको थियो ।

प्रतिकृया दिनुहोस