विविध

लायन्स क्लबको पहिलो क्याबिनेट बैठक शनिबार

काठमाडौं । लायन्स क्लबको पहिलो क्याबिनेट बैठक साउन १९ गते शनिबार बस्दैछ । यसको सम्पूर्ण तयारी पनि पुरा भएको छ ।

लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठक शनिबार बस्न लागेको हो । यो बैठक एरिया नम्बर एकको आयोजनामा हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरमा हुने बैठकमा करिव १ हजार ३ सयको सहभागिता रहनेछ ।

एरिया चिफ महेशप्रसाद पोखरेलका अनुसार बैठक इन्टरनेशनल डाइरेक्टर मोहम्मद अद्रेशको प्रमुख आतिथ्यतामा हुनेछ । यसमा डिष्ट्रिक्ट ३२५ वि २ का मात्र तीनसय पचास भन्दा बढीको सहभागिता रहनेछ । बैठकले विभिन्न विषयवस्तुहरुमाथि छलफल गर्नेछ ।

प्रतिकृया दिनुहोस