कला/मनोरञ्जन

छक्का पन्जा ३ को गीत पहिलो नम्बरमा

काठमाडौं । आगामी दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्र छक्का पञ्जा ३ को गीत सार्वजनिक भएको छ । पहिलो नम्बरमा... बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

गीतमा दीपक शर्माको संगीत तथा विन्दु परियार र डेभिड शंकरको स्वर छ । शब्द रचना राजेन्द्र थापाले गरेका छन् ।

चलचित्रको पहिलो नम्बरको गीतमा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ देखिएका छन् । साथमा स्वस्तिमा खड्का र बर्षा राउतलाई पनि देख्न सकिन्छ । निर्देशक दीपाश्री निरौलाले पनि यो गीतमा नृत्य गरेकी छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा ३ मा दिपा र दीपक लगायतको लगानी छ ।

प्रतिकृया दिनुहोस