विविध

चार आदिवासी पत्रकार पुरस्कृत हुने



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने चार पत्रकारको नाम पनि सार्वजनिक गरिएको छ ।

पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो । फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुनुहुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।

जनही ४०,००० (चालिस हजार रुपैयाँ) राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान सचिव लिम्बूले जानकारी दिए ।

प्रतिकृया दिनुहोस