देश

बाबुद्धारा छोराको हत्या

भक्तपुर । एक निर्दयी बाबुले भक्तपुरमा आफूसँगै सुतेका १७ वर्षीय छोराको हत्या गरेका छन् । उनले घरायसी विवादमा हत्या गरेका हुन् ।

मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भएका ४० वर्षिय डिल्लीराम चापागाई लोकन्थलीमा बस्दै आएका थिए । उनले आफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार सागरको घाँटीमा दाउ प्रहार गरिएको थियो । छोराको हत्या गरेर भाग्दै गरेका चापागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस