स्वास्थ्य

हेपाटाइटिस सन् २०३० सम्म हटाउने लक्ष्य

काठमाडौं । विश्वबाट नै सन् २०३० सम्म हेपाटाइटिस हटाउने लक्ष्य अनुरुप यस वर्ष पनि विश्व हेपाटाइटिस दिवस मनाइएको छ । यहि लक्ष्य हासिलका लागि नेपालमा स्पर्श नेपाल {SPARSA Nepal (Society for Positive Atmosphere and related Support to People Living with HIV in Nepal)} ले NASL (Nepalese Association for the Studies of the Liver)को सहयोगमा जनचेतना जगाउनका लागि कार्यक्रम गरेको छ । यस वर्षको नारा “हराएका हजारौको खोजी” थियो ।

हेपाटाइटिस एक भाइरल रोग हो जसले कलेजोलाई असर गर्छ । हेपाटाइटिस ५ प्रकारको हुन्छ- हेपटाइटिस ए, बी,सी, डी र इ । हेपटाइटिस बीका लक्षणहरु धेरै थकाई लाग्ने, भोक नलाग्ने , पेटको असहज र छाला पहेलो हुने हुन् । यसको भाइरस  रगत, वीर्य, योनिल तरल र र्यालमा पाइन्छ ।

नेपालमा लगभग २ लाख ६० हजार मानिसहरु HBV संक्रमित हुन्छन र अधिकांश व्यक्तिहरु आफू संक्रमित भएको कुरामा अनभिज्ञ हुन्छन । हेपटाइटिस सी एक भाइरल रोग हो जसले कलेजो सुनिनुको साथसाथै क्षति पनि गर्दछ । HCV भाइरस संक्रमित रगत बाट फैलिन्छ । कतिपय व्यक्तिहरुलाई आफु यस भाइरसबाट संक्रमित भएको कुरा थाहा हुन्न किनभने कतिपय समयमा यसले केही लक्षण देखाउदैन  ।

HCV को समयमा उपचार भएन भने कलेजोको क्यान्सर अनि कलेजो खराब पनि हुन सक्छ । HCV समयमा उपचार गरेमा भने निको पनि हुन्छ । HCV को जनचेतना फैलाउने कार्यक्रममा खासै प्राथमिकता दिइएको छैन । एक अध्ययन अनुसार लगभग एक लाख ३० हजार मानिसहरु यसबाट संक्रमित छन् ।

यो रोगको रोकथामका लागि यसको फैलावट रोक्ने, सुई र ट्रिमर जस्ता उपकरणहरु शेयर नगर्ने, समयमै उपचारको लागि परिक्षण गर्ने, सुरक्षित रगत आदनप्रदान गर्ने जस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस