कला/मनोरञ्जन

आस्था कला केन्द्रको १९ वर्षे छलाङ

काठमाडौं । कला र संस्कृति देशको सम्पती हो, यसको संरक्षण गरौं भन्ने नाराका साथ स्थापना भएको आस्था कला केन्द्रले १९ वर्षे छलाङ मारेको छ । यो बेलासम्म आईपुग्दा आस्थाले धेरै श्रष्टाहरु उत्पादन गरिसकेको छ ।

गुरु पुर्णिमाको अवसार पारेर आस्था कला केन्द्रले गुरुहरुलाई सम्मान गर्ने तथा वार्षिकउत्सव मनाउने काम सम्पन्न गरेको थियो । कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख अतिथि थिइन् । कार्यक्रममा आस्था कला केन्द्रका प्रशिक्षार्थीहरुले गुरुहरुलाई पुजा गर्दै उपहार दिए र कला प्रस्तुत पनि गरे ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी माइकल चन्द, वरिष्ठ तबलाबादक समिर रे, वरिष्ठ भायोलिन प्रशिक्षक राजकुमार श्रेष्ठ लगायतका अन्य शुभचिन्तकहरुको उपस्थिती पनि थियो ।

आस्था कला केन्द्रका संस्थापक रमेश थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कला र संस्कृतिको संरक्षणका लागि आस्था सधैं लागिरहने संस्थापक रमेश थापाले बताए । उनले भने-'यो १९ वर्षे यात्रामा कतिले आस्थालाई बिर्से होलान्, माया मारे होलान् । तर हामी सधैं नयाँ प्रतिभा उत्पादन र पुरानाको कदरमा लागिरहन्छौं ।' उनले यो यात्रामा साथ सबैलाई धन्यवाद दिँदै निरन्तर सहयोग र साथको अपेक्षा गरे ।

प्रतिकृया दिनुहोस