अर्थ

सिभिल बैंक र रिलायवल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने भएको छ । यसै उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससँग सिभिल बैंकले सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।

अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु बाट उपलब्ध गराईनेछ । यसबाट ग्राहकहरुलाई थप लाभ हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन वीमाका योजनाहरु ल्याईएको रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए ।

प्रतिकृया दिनुहोस