साहित्य

भानु जयन्तीमा विभिन्न कार्यक्रम

काठमाडौं । २०५ औं भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम भएका छन् । धेरै ठाउँमा कवितावाचन कार्यक्रम आयोजना गरियो । यहि समय जुराएर कतिपयले पुस्तक पनि बजारमा ल्याए ।

भानु जयन्तीको अवसर पारेर महफिल–ए–काव्य उपासना समूहले ३०औं महफिल सम्पन्न गरेको छ । काठमाडौंको बबरमहलमा आयोजित महफिलमा नेपाली, हिन्दी, उर्दु गजल तथा काव्यको समिश्रण प्रस्तुत भएको थियो । आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ‘अलकापुरी कान्तिपुरी नगरी’ कविताको सुमधुर गायनबाट प्रारम्भ भएको  महफिलमा समूहका सरक्षक डा. कृष्णजंग राणाको गजल काव्य उपासनाका संयोजक प्रा. डा. सनतकुमार वस्तीले प्रस्तुत गरेका थिए ।

महफिलमा डा श्वेता दीप्ति, प्रकाश उपाध्याय, शरच्चन्द्र वस्ती, रवि प्राञ्जल, गोपाल अश्क, मनोजराज सुवेदी, डा. विश्वमोहन आचार्य प्यासा, डा. प्रदीप मैनाली, मानन्धर सौभाग्यशाली, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुंगेल, महेशचन्द्र शर्मा, प्रा. डा. जीवन अधिकारी, निशा के सी, प्रा. तीर्थराज वन्त, रमेशानन्द वैद्य, शैलेश मानव, रमेश रसिक पौडेल, ढकाल राधेश्याम, डा. सुबोध शुक्ल तथा इश्वरप्रसाद ढकालले आफ्ना कविता, गीत तथा गजल वाचन गरेका थिए ।

यसैगरी फ्युचर स्टार्स हाईस्कुलले पनि कविता वाचत कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो शैलीमा कविता वाचन गरे । ओलम्पिया वल्र्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुबीच कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजन गरि विजेता कविहरुलाई पुरस्कृत समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस