खेलकुद

२०१८ को विश्वकप फुटबल उपाधि फ्रान्सको पोल्टामा

ललितपुर। रसियामा सम्पन्न विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले जितेको छ । उसले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।

फ्रान्सलाई उपाधि दिलाउन एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो । यसअघि फ्रान्सले सन् १९९८ मा विश्वकप फुटबलको उपाधि उचालेको थियो ।

विजेता फ्रान्स, उपविजेता क्रोएसिया तथा गोल्डेन बुट, गोल्डेन बल विजेता खेलाडीलाई रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व फुटबल महासंघका अध्यक्ष गियानी इन्फान्टिनो लगायतले ट्रफि तथा मेडल प्रदान गरेका छन् ।

उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिक घोषित भएका छन् । उनले गोल्डन बल पाए । सर्वाधिक गोलकर्ता इंग्ल्यान्डका कप्तान ह्यारी केन भएका छन् । ह्यारी केनले गोल्डेन बुट जितेका छन् । केनले विश्वकपमा कुल ६ गोल गरेका छन् ।

बेष्ट युवा खेलाडी फ्रान्सका किलियन एमबाप्पे घोषित भएका छन् । १९ वर्षीय एमबाप्पेले विश्वकपमा ४ गोल गरेका छन् । त्यस्तै, गोल्डेन ग्लोभ बेल्जियमका थिबाउट कौर्टोइसले जितेका छन् ।

प्रतिकृया दिनुहोस