खेलकुद

१२ वर्षपछि फ्रान्स विश्वकपको फाइनल प्रवेश

ललितपुर। बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो ।

फ्रान्सको जितमा सामुएल उमटिटीले विजयी गोल गरे । उनले खेलको ५१औं मिनेटमा गोल गरेका थिए ।

सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि जितेको फ्रानसले यसअघि सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

प्रतिकृया दिनुहोस