देश

जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट कोटेश्वर आइरहेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडी बस्ने भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको ज्यान गएको हो । मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएको
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ट्रिपर चालकलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस