खेलकुद

आज पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिष्पर्धा

ललितपुर । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । नेपाली समय अनुसार भरे राती ११ बजेर ४५ मिनेटमा फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदैछ । फ्रान्सले एक पटक विश्वकप उपाधि उचालेको छ ।

फ्रान्सले सन् १९९८ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गरेको थियो । त्यसयता फ्रान्सले विश्वकपको उपाधि उचाल्न सकेको छैन ।

बेल्जियमले भने १९८६ को विश्वकपमा चौथो स्थान हात पारेको थियो । उ पहिलोपटक उपाधि जित्ने दाउमा छ । जारी विश्वकपमा यी दुवै टोलीले राम्रो प्रदर्शन गरेका छन्। त्यसैले पनि उनीहरु उपाधिका दाबेदार हुन् ।

यी दुवै टोलीबीच विगतमा ७४ पटक भेट भएको छ । जसमा बेल्जियमले ३० पटक जितेको छ भने फ्रान्स २४ पटक विजयी भएको छ । दुवैले २० पटक बराबरी खेलेका छन् ।

प्रतिकृया दिनुहोस