कला/मनोरञ्जन

मिस्टर भर्जिनको टिजर आयो, मरिष्का यौनकर्मीको भूमिकामा

ललितपुर । चलचित्र मिस्टर भर्जिन को टीजर सार्वजनिक गरिएको छ । यो चलचित्र भदौ १ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

चलचित्रको टिजरले पनि यसलाई कमेडी चलचित्रको रुपमा उभ्याएको छ । यो चलचित्रमा गौरव पहारी, विजय बराल र कमलमणी नेपालसँगै मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा मरिष्काले यौनकर्मीको भूमिका निर्वाह गरेको बताइएको छ । यो चलचित्र वल्र्ड वाईड फिल्म्स्को ब्यानरमा बनेको हो । यसका निर्देशक बिशरद बस्नेत हुन् ।
लगायतका कलाकारको अभिनय रहेको छ ।
 
मिस्टर भर्जिन चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी छ ।

प्रतिकृया दिनुहोस