अर्थ

मनाङ र मुस्ताङमा प्रभुको शाखा

ललितपुर । प्रभु बैंकले मुस्ताङ र मनाङमा थप एक एक वटा शाखा सञ्चालनमा ल्याएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङमा थासाङ शाखा कार्यालय र मनाङको नाशोङ गाउँपालिका ३ धारापानीमा नाशोङ शाखा सञ्चालनमा ल्याएको हो ।

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले थासाङ शाखाको उद्घाटन गरे । त्यस्तै  धारापानी स्थित बैंकको नाशोङ शाखा कार्यालय नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र घलेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुका साथै सर्वसाधारणको पनि उपस्थिती थियो । बैंकको शाखा उदघटन भएपछि त्यहाँका सर्वसाधारणमा बैंकिङ कारोबारको पहुँच पुग्ने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस