देश

श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौं। श्रमिकको पारिश्रमिक वृद्धि भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ बनाएको छ ।

मन्त्रालयमा रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको छलफलमा यो पारिश्रमिक दर निर्धारण गरिएको हो । श्रममन्त्री गोकर्णराज विष्टका अनुसार विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो ।

श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी एक स्थायी ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गर्ने तयारीसमेत मन्त्रालयको छ ।

दैनिक ज्यालामा काम गर्ने मजदुरको पारिश्रमिक पाँच सय १६ रुपैयाँ पुगेको छ । अब मजदुर प्रतिघण्टा तलब ६९ रुपैयाँ पाउनेछन् ।

प्रतिकृया दिनुहोस