अन्तराष्ट्रिय

बाढीमा परी जापानमा १०० भन्दा बढीको मृत्यु

एजेन्सी । अविरल वर्षापछिको बाढी तथा पहिरोमा परी जापानमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । अझै ५० भन्दा धेरै हराईरहेका छन् ।

सरकारले १५ लाख भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । पहिरो तथा बाढीमा परेकाहरुको उद्धार तथा राहतमा सेना तथा अन्य उद्धारकर्मीहरु परिचालित छन् ।

प्रधानमन्त्री सिन्जो आबेले यो समयमा धेरैलाई सहायता चाहिएकाले नआत्तिनका लागि अनुरोध गरेका छन् । जापानमा गत विहिबारदेखि पश्चिमी क्षेत्रमा धेरै भारी वर्षा भइरहेको छ । हिरोसिमा आसपासका ठाउँ बढी प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस