कला/मनोरञ्जन

पार्वतीको यसपालीको तीज

ललितपुर । पार्वती बाँनियाको पहिलो तीज गीत कोसेली यसपालीको तीज... बजारमा आएको छ । उनले भिडियोसहित गीतलाई बजारमा ल्याएकी हुन् ।

उनलाई गायक नविन विरही श्रेष्ठले साथ दिएका छन् । गीतमा शब्द र संगीत पनि नविन विरही श्रेष्ठकै छ ।

भिडियोमा सागर पौडेल र मनिष्का गुरुङको अभिनय छ । चेतन मगरको सम्पादन रहेको भिडियोलाई सुरज खनालले खिचेका हुन् । सन्तोष पौडेलले भिडियो निर्देशन गरेका छन् ।

नवगायिका पार्वतीले रहर लागेर तीज गीत बजारमा ल्याएकी हुन् । पहिलो प्रयास भएकाले आगामी दिनमा थप सुधार गर्दै नयाँ गीत ल्याउने उनको लक्ष्य छ ।

प्रतिकृया दिनुहोस