कला/मनोरञ्जन

मेरी मामुको छाँयांकन ७० प्रतिशत सम्पन्न

ललितपुर । निर्माता सन्तोष सेनको चलचित्र मेरी मामुको छाँयांकन ७० प्रतिशत सकिएको छ ।

आगामी भाद्र १५ गते दखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र मेरी मामु आसुसेन फिल्म्सको चौथो प्रस्तुती हो । यसमा निर्माता सेनका ६ वर्षिय छोरा आयुव सेन मुख्य भुमिकामा छन् । यसको फष्ट लुकमा पनि आयुवलाई नै फिचर गरिएको छ । चलचित्र मेरी मामुले आमा र छोराबीचको सम्बन्धको कथा बोकेको छ ।

यो चलचित्रमा आयुवका अलावा प्रेम गीत २ नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नव नायिका कुसुम गुरुङ् र दुर्गा मल्लको समेत अभिनय छ । चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरका छन् । असार मसान्त सम्ममा छाँयांकन सकिने निर्माता सेनले जानकारी दिए ।

चलचित्रको छाँयांकनसँगै सम्पादन, स्वाराकंन र पाश्र्व संगित लगायत सम्पूर्ण पोष्ट प्रोडक्सनको काम पनि भइरहेको छ । चलचित्रमा कल्याण सिंहको संगीत छ । चलचित्रका गीतहरुमा अन्जु पन्त, प्रताप दास, रोहित क्षेत्री, त्रिशला गुरुङ, बादल थापामगरको स्वर छ भने पुरुषोत्तम बस्नेत र रबी मल्लको शब्द छ ।

प्रतिकृया दिनुहोस