कला/मनोरञ्जन

नायक सरोज खनाल तीज गीतको भिडियोमा

ललितपुर । नायक सरोज खनाल तीज गीतको भिडियोमा देखा परेका छन् । भिडियोमा उनलाई श्रीमतीले माइती हिड्नुभन्दा अघि विभिन्न कुराहरु सुझाएकी छन् ।  

तीज नजिकिँदै गर्दा विभिन्न गायक गायिकाहरु गीत र भिडियो बजारमा ल्याउन व्यस्त छन् । यसै क्रममा म्युजिक संसार नेपालको प्रस्तुतीमा गायिका विन्दु परियारको आवाजमा रहेको तीज गीत बजारमा आएको छ । म माईत हिडेको... बोलको गीतमा शब्द राधा ज्ञवाली तथा संगीत गोविन्द मधुर आचार्यको छ ।

गीतको भिडियोमा सरोज खनाल र शिलाष्मा मल्लको अभिनय छ । गीत अनुसार शिलाष्माले सरोजलाई माइत जानुभन्दा अघि विभिन्न कुराहरुमा ध्यान दिन आग्रह गरेकी छन् । भिडियोमा छाँयांकन मुकेश हुमागाईँको, सम्पादन अधिनायक मान शेरचनको छ भने कोरियाग्राफी शिवन पोखरेलको छ । सहारा फिल्म्स एन्ड इन्टरटेनमेन्टले भिडियो निर्माण गरेको हो ।

भिडियोलाई सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस