विविध

मुलुक समृद्ध बनाउन युवालाई सिप र पैसा देउ :ढुङ्गेल

काठमाडौं । राष्ट्रिय यूवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले यूवाहरुलाई आश्वासन नभएर सरकारले सिप र पैसा दिनुपर्ने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालमा जिल्ला यूवा समिति काठमाडौंले आयोजना गरेका अन्तरक्रियामा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो बताएका छन् । उनले भने,‘हाम्रो संस्था थोरै पैसामा धेरै प्रगती बिवरण देखाउने संस्था हो, हाम्रो संस्थाले यूवाहरुको हकमा काम गर्दै आईरहेको छ, विदेशमा बसेर सिप र पैसा दुवै ल्याएर स्वदेश फर्केका यूवाहरुलाई सम्मान गर्ने काक्रमको आयोजना पनि गरेका छौं, यही असार २६ गते राजधानीको सभागृहमा राष्ट्रिपतिद्धारा सम्मान गर्नेछौं ।

१६ देखि २४ वर्षका यूवा–यूवतीहरुलाई सम्पूर्णमा रुपमा योग्य बनाउनको लागि आफूहरुको प्रयत्न रहने बताउँदै उनले भने,‘२४ भन्दामाथि ४० वर्षसम्मका यूवाहरुलाई सम्पूर्ण रुपमा देशको विकास र समृद्धिमा लाग्न प्रयत्न गर्ने हो, नेपाल सरकारले एकद्धार प्रणालीअनुरूप यूवाका अधिकारहरुलाई हरेक वडा पालिकासम्म लैजानुपर्छ ।’

जिल्ला यूवा समिति काठमाडौंका अध्यक्ष निरेशलाल सिंहको अध्यक्षामा आयोजित अन्तरक्रियामा बोल्दै उनले भने,‘हरेक दिन ३ जनाभन्दा बढि यूवाहरुको लास स्वदेशमा आउने गर्छ, खाडीमा ५० डिग्रीको घाममा काम गर्नुपर्ने, उँट चराउनुपर्ने, भवन निर्माण गर्नुपर्ने बाध्यता छ, त्यो हटाउनको लागि हामीले प्रस्ट खाका सरकारलाई बुझाएका छौंं, प्रत्येक शिक्षण संस्था, एक उद्यम, एक वडा एक उद्यमको योजना अघि सारेका छौं, यूवाहरुलाई सरकारले आश्वासन दिने काम गरेको छ, यस्तो आश्वासन भन्दापनि सिप र पैसा दिएको खण्डमा मुलुक समृद्ध बन्न समय लाग्ने छैन।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले यूवाहरुको सिप र दक्षतालाई देशको विकासमा लगाउन सरकारलाई आग्रह गरेका छन् ।
धमलाले आर्थिक, समाजिक, साँस्कृतिक एवम् राजनीतिक क्षेत्रमा यूवाहरुको बलियो उपस्थिति हुनुपर्ने समेत धारणा राखे । कार्यक्रममा यूवा गैर–सरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी, अनईयर मिडिया प्रालीका अध्यक्ष भागिरथ पोखरेल, यूवा परिषद्की सदस्य भावना भट्ट लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस