सम्पादकीय

वर्षायाममा सर्तक रहौं

प्रत्येक वर्ष वर्षायाममा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुन्छ । प्राकिृतक संरचनाहरु पनि मासिन्छन् । पहाडमा पहिरो र तराईमा बाढीको भय हुन्छ ।

यस वर्ष पनि मनसुन सुरु हुनासाथ यसको डर र धनजनको क्षति हुन थालेको छ । विभिन्न स्थानमा बस्ती तथा खेतीपाती डुवानमा पर्न थालेका छन् । पहिरोले घर पुरिन थालेको छ । हाम्रो देशको भौगोलिक जटिलताका कारण पनि यस्तो हुने गर्दछ ।

वर्षायाम अझ बाँकी छ । ठूलो पानी पर्न बाँकी नै छ । त्यसैले बाढीपहिरोको कहरबाट बच्न सतर्क हुनैपर्छ । बाढीपहिरो प्राकृति विपती हो । यसमा कसैको दोष हुँदैन । तर कुनै पक्षबाट लापरवाही पनि हुनु हुँदैन । प्राकृतिक प्रकोपमा आकस्मिक उद्धार, राहत तथा सरकारी सहयोगको ठूलो भूमिका रहन्छ । जति छिटो उद्धार र राहत पुग्छ सरकार त्यतिकै मात्रामा चनाखो बसेको रहेछ भन्ने भान सबैमा पर्छ । यसमा सरकारी पक्ष तयारी अवस्थामा रहनुपर्ने हुन्छ ।

प्रकृतिको कुरा एकातिर छ । हामी आँफै पनि सजग हुनु जरुरी छ । वर्षायाममा सम्भावित खतराका ठाउँमा नबस्ने देखि कपडा खाद्यान्नको जोहो गर्नेसम्ममा हामी आँफैले ध्यान दिनुपर्छ । त्यसैले सबै जना सबै ठाउँमा सतर्क रहौं, प्राकृतिक विपतीबाट आफू पनि बाँचौं अरुलाई नि बचाऔं ।

प्रतिकृया दिनुहोस