अर्थ

बुद्ध एयरको नयाँ जहाज भित्रियो

ललितपुर । निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको ATR 72-500 जहाज ल्याएको छ । यो जहाज फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरमा उत्पादन भएको हो । नागरिक उड्डयन प्राधिकरणले यो जहाजलाई ९ एन एएमयु कल साइन दिएको छ । यो बुद्ध एयरको एघारौं जहाज हो ।

नयाँ जहाजले अधिकतम एक महिनाभित्र नियमित व्यापारिक उडान सुरु गर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए । बुद्ध एयरसँग अब ७२ सिट क्षमताको ६ वटा, ४७ सिट क्षमताको ३ वटा र १८ सिट क्षमताका दुई वटा जहाज भएका छन् ।

अहिले बुद्ध एयर देशका विभिन्न स्थानमा तीन दर्जन दैनिक उडान भरिरहेको छ । पछिल्लो समयमा बुद्ध एयर बनारसमा सातामा दुईपटक उडान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस