अर्थ

सिद्धार्थ इन्स्योरेन्स पुरस्कृत

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड उत्कृष्ट बाली तथा पशुपन्छी बिमा सेवा प्रदायकका रुपमा पुरस्कृत भएको छ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम अन्तरगत बाली तथा पशुपन्छी वीमा गर्ने कम्पनीहरु मध्ये सिद्धार्थ इन्स्योरेन्स लिमिटेड उत्कृष्ट वाली तथा पशुपन्छी वीमा सेवा प्रदायक कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

कम्पनीले आफू पुरस्कृत भएकोमा खुसी व्यक्त गरेको छ । सम्मानको लागि सम्पुर्ण निकाय तथा सो का पदाधिकारीहरु प्रति आभार व्यक्त गर्दै  सम्मानले कम्पनीलाई थप उर्जा प्राप्तभएको कम्पनीले जनाएको छ । आगामी दिनमा थप स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस