स्वास्थ्य

लामो समयसम्म आमाको दुध खाने बच्चा धेरै स्वस्थ

ललितपुर । सबैलाई थाहा भएकै कुरा हो आमाको दुध बच्चाका लागि अमृत सरह हुन्छ । तर आधुनिक जमानाका आमाहरु बच्चालाई जति सक्दो कम उमेर स्तनपानबाट छुटाउन खोज्छन् । तर पाँच वर्षसम्म बच्चालाई आमाको दुध पिलायो भने त्यसले बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ भन्ने पनि कुरामा बहस हुन थालेको छ ।

बेलायतकी एमा शार्डलो हड्सनको दुई वटा बच्चा छ । एउटा पाँच वर्षकी छोरी र अर्को दुई वर्षको छोरा । उनी दुवै बच्चालाई आप्mनो दुध खुवाउँछिन् । उनको भनाई छ कि लामो समयसम्म दुध पिलायो भने बच्चा स्वस्थ हुन्छ । चाँडो विरामी हुँदैन ।

बेलायमा जबसम्म आमा र बच्चाले चाहान्छन् तब सम्म स्तनपान गराउन सल्लाह दिइन्छ । त्यहाँको स्वास्थ्य संस्था नेसनल हेल्थ सर्भिसले स्तनपान गराउने कुनै समयसीमा तोकेको छैन । बेलायतमा ६ महिनासम्म बच्चालाई आमाको दुध मात्र पिलाउन सल्लाह दिने गरिएको छ । त्यसपछि आमाका दुधको साथमा अरु खानेकुरा खान दिन सकिन्छ ।

नेपालमा भने पछिल्लो समयमा बच्चालाई जतिसक्दो चाँडो अन्य खानेकुरा खानलाई प्रोत्साहन गरिन्छ जुन बच्चाको स्वास्थ्यका लागि राम्रो होइन ।

प्रतिकृया दिनुहोस