अन्तराष्ट्रिय

अमेरिकामा चाइना मोबाइलको सेवामा प्रतिबन्ध

एजेन्सी । अमेरिकामा चाइना मोबाइलको सेवा प्रतिबन्धित हुने भएको छ । ट्रम्प प्रशासन चाइना मोबाइलको सेवा रोक्ने तयारीमा रहेको छ । यसको मुख्य कारण सुरक्षा चुनौती भएको दावी गरिएको छ ।

चाइना मोबाइल विश्वमा टेलिकम सेवा प्रदान गर्ने ठूलो कम्पनी हो । चीन सरकारको अधिनमा रहेको यो कम्पनीले अमेरिकामा सन् २०११ मा नै यूएस फेडरल कम्युनिकेशन कमिसन सामू लाइसेन्स पाउन निवेदन दिएको थियो । तर अमेरिकाको वाणिज्य विभागले यसलाई अस्वीकृत गर्न सल्लाह दिएको थियो ।

पछिल्लो समयमा चीन र अमेरिकाबीच बढेको व्यापार द्धन्द्धका कारण पनि वाणिज्य विभागले यस्तो सल्लाह दिएको बताइएको छ । वाणिज्य विभागका संचार तथा सूचना सहायक सचिव डेविड जे रेडिलका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षामा यसले खतरा उत्पन्न हुन सक्छ ।

प्रतिकृया दिनुहोस