स्वास्थ्य

माग पुरा नभएसम्म अनसन तोडिन्नँ : डा. केसी

जुम्ला । चिकित्साक्षेत्रको सुधारका लागि भन्दै अहिले डा. गोविन्द केसी जुम्लामा अनसनरत छन् । उनले माग पुरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।

जुम्लामा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले मेडिकल माफियाका पक्षमा चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको बताए । यसैको विरोधमा अनसन बसेको उनको भनाई थियो ।

डा. केसीले स्वास्थ्य जस्तो विषयलाई दलहरुले व्यवसायकरण गर्न नहुने जिकिर गरे । डा. केसीलाई कैदीको जस्तो व्यवहार गरिएको भन्दै जुम्लाको नागरिक समाजले पनि आपती जनाएको छ ।

तीन दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।

प्रतिकृया दिनुहोस