विविध

सेरेमोनी ब्युटी पार्लरको १६ औ बार्षिकोत्सव

ललितपुर । सौन्दर्यको एक पाटो ब्युटि पार्लरको दुनियाँमा चिरपरिचित नाम सेरेमोनी ब्युटि पार्लरले १६ औं वार्षिकउत्सव मनाएको छ ।

ललितपुरको जावलाखेलमा रहेको सेरेमोनी ब्युटी पार्लर सुरुवात हुँदा उद्घाटन गरेकी हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला १६ औं वार्षिकउत्सवमा पनि उपस्थित भईन् । उनले आफ्नो सौन्दर्यको अभिन्न अंग सेरेमोनी ब्युटि पार्लर भएको बताईन् । दीपाश्री निरौलाले संयुक्त रुपमा केक काट्दै सेरेमोनी ब्युटी पार्लरको प्रगतिको कामना गरिन् ।

ब्युटि पार्लरकी सञ्चालक मिना रिमाल न्यौपानेले यो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिइन् । ग्राहकको सन्तुष्टि नै पार्लरको लक्ष्य रहेको भन्दै उनले गुणस्तरीय सेवाका लागि कहिल्यै सम्झौता नगर्ने बताईन् ।

वार्षिकउत्सव कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, नवनारीकी जानुका ढकाल, कान्तिपुर साप्ताहिक र नारी पत्रिकाका सम्पादक सुवाष ढकाल, नायिका तथा संचारकर्मी कृति भट्टराई, गायक तथा कलाकार यमन श्रेष्ठ लगायत अन्यको उपस्थिती थियो ।

पछिल्लो समयमा सेरेमोनी ब्युटि पार्लर फेरिएको छ । यसको साजसज्जा सेवा सुविधा पनि उत्कृष्ट बनाइएको छ । यहाँ महिलाहरुका लागि मेकअप, नेल आर्ट लगायतका सम्पूर्ण प्रकारका सौन्दर्य सुविधा उपलब्ध छ । ब्युटि पार्लरको काम र सौन्दर्य कला सिक्न चाहनेका लागि तालिमको पनि व्यवस्था छ ।

प्रतिकृया दिनुहोस