विविध

कोटेश्वर महादेव अघिको नदी सरसफाई

काठमाडौं । बागमती सफाई महा अभियानको २६७ औं हप्तामा कोटेश्वर महादेव मन्दिर अगाडीको नदी क्षेत्रमा सफाई गरिएको छ । त्यहाँबाट ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी लगायतका अन्य १८ संस्थाका ३५० भन्दा बढी अभियन्ताको सहभागीता थियो ।

सफाईमा सहरी विकासमन्त्री मोहम्द इस्तियाक राई, सचिव दीपेन्द्रनाथ शर्मा, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी थिए ।

बागमती सर्फा २६८ औं हप्ताको कार्यक्रम असार १६ गते शनिबार जोरपाटीस्थित नारायणटार पुल क्षेत्रमा गरिनेछ ।

प्रतिकृया दिनुहोस