प्रवास

लोकदोहोरी प्रतिष्ठान यूएई शाखामा पंगेनी

यूएई । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूएई शाखाको प्रथम अधिवेशनले गोपिकृष्ण पंगेनीलाई अध्यक्षमा चुनेको छ । उनलाई निर्विरोध चयन गरिएको हो ।

दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा ओमकुमारी खाँड  र नारायण न्यौपाने चयन भए । सचिवमा ओमकार पोखरेल, महिला सचिवमा लक्ष्मी केसी, सह सचिवमा अमित विश्वकर्मा, कोषाध्यक्षमा विक्रम पौडेल र सह कोषाध्यक्षमा गोपाल भट्टराई रहेको समाचार स्रोतले बताएको छ ।

प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिस दुवाडी, वीरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविनजंग शाही, नरेन सापकोटा, विमादेवी न्यौपाने, मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली सदस्य भएका छन् । कार्यक्रम नेपाली राजदूतावास, अबुधाबिबाट कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलको प्रमुख आतिथ्यतामा भएको थियो ।

नवअध्यक्ष पंगेनीले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युएई शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिए । उनले प्रतिष्ठानको ब्यानर मुनी रहेर प्रवास मै भएपनि लोक गीत र लोक संस्कृतीको जगेर्नाको लागि दिलोज्यान दिएर मन वचन र कर्मले लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस