कला/मनोरञ्जन

मेरी मामुको 'मामु' भेटियो


ललितपुर । सन्तोष सेनको चौथो चलचित्र मेरी मामुको 'मामु' पात्रको चयन भएको छ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र मेरी मामुमा सन्तोषले आफ्नो ६ बर्षिय बालक आयुबलाई मामुको खोजी गर्ने क्रममा नव नायिका कुसुम गुरुङ चयन भएकी हुन् । उनी अब पर्दामा आयुबको आमा भएर देखिने छिन् ।

आमा र छोराको कथा चलचित्र मेरी मामुमा छ । यो चलचित्रका अन्य पात्रहरुको बारेमा भने औपचारिक घोषणा भइसकेको छैन । असारको पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

यो चलचित्रमा कल्याण सिंहको संगीत छ । चलचित्रका गीतहरुमा अन्जु पन्त, प्रताप दास, रोहित क्षेत्री, त्रिशला गुरुङ, बादल थापामगरको स्वर छ भने पुरुषोत्तम बस्नेत र रबी मल्लको शब्द छ ।

प्रतिकृया दिनुहोस