अन्तराष्ट्रिय

ट्रम्प र किमबीच सिंगापुरमा भेटवार्ता

एजेन्सी । लामो प्रयासपछि अन्ततः अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ ।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डमा कुराकानी स्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच करीब ३८ मिनेट भेटवार्ता भएको थियो ।
वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको बताए ।

उत्तर कोरियाली नेता किमले विगतका तीता कुरालाई छाडेर वार्ता अघि बढेको र विश्वले यसलाई आश्चर्यजनक रुपमा हेरेको धारणा राखे ।
इतिहासमै पहिलोपटक अमेरिकी र प्रमुख र उत्तर कोरियाली नेताबीच प्रत्यक्ष अन्तरक्रिया भएको हो ।

प्रतिकृया दिनुहोस