अर्थ

सिभिल बैंकको ब्याजदरमा वृद्धि

काठमाडौं । सिभिल बैंक लिमिटेडले ब्याजदर बढाएको छ । उसले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ ।

बैंकले यस बचत खातामा सर्वाधिक १०% वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात रु. १०,०००/– रहेको यस बचत  खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा रु पाँच लाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा हुनुका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

त्यसैगरी २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात रु. तीन लाख रहेको छ ।

प्रतिकृया दिनुहोस