खेलकुद

ब्राजिलले अष्ट्रियालाई हरायो, नेइमारले गोल गरे

काठमाडौं । ब्राजिलले अन्तिम अभ्यास खेलमा अष्ट्रियामाथि ३-० को जीत निकालेको छ ।

भियनामा भएको खेलमा ब्राजिलले अष्ट्रियालाई हराएको हो । ब्राजिलका लागि नेइमार, गाब्रिएल जिसस र फिलिप काउटिन्होले एक/एक गोल गरे । ३६ औं मिनेटमा जिससले, ६३ औं मिनेटमा नेइमारले र ६९ औं मिनेटमा काउटिन्होले गोल गरेका थिए ।

पाँच पटकको विश्व विजेता ब्राजिल यस पटक समूह ई मा छ । यसपटक उपाधि दाबेदार टिम मध्ये ब्राजिल पनि एक हो ।

प्रतिकृया दिनुहोस