विविध

सिभिल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

लमजुङ । सिभिल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर प्रदान गरेको छ ।

उक्त कम्प्युटरहरु सिभिल बैंकको उक्त क्षेत्रको क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयद्वारा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्यार्थीहरु, अभिभावक तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत अन्यको उपस्थिती थियो ।

गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको कुरा मनन गर्दै विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

प्रतिकृया दिनुहोस