देश

संसद बैठक स्थगित

काठमाडौं । संघीय संसदको सोमबारको बैठक स्थगित भएको छ । सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिइएको थियो ।

दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम थियो । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो । आज संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची थियो ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरेर गराएका हुन् ।

प्रतिकृया दिनुहोस