कला/मनोरञ्जन

यो माया कस्तो माया चलचित्रको गीत आयो

काठमाडौं । एसकेएन सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र यो माया कस्तो माया को गीत सार्वजनिक गरिएको छ । ति ओठहरुमा मुस्कान देखिरहेछु... बोलको गीतमा चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई रोमान्स गरेको हेर्न सकिन्छ । गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द संगीत छ ।

मायाप्रेमको विषयवस्तुमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किसान पोखरेल हुन् । चलचित्रमा कथा लेखन र निर्देशन भुषण आनन्द ठकुरीको छ । चलचित्रमा अर्जुन पोख्रेलको सङ्गीत, शंकर महर्जनको द्वन्द , कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन रहेको छ ।

 यो माया कस्तो माया चलचित्र काठमाडौं, दोलखा, तथा दार्जिलिङलगायतका स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रमा दिवस धिताल, सभ्यता गिरी, ऋतु पौडेल, युबराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शंकर महर्जन, सुर्यमान गुरुङ, महेस दाहाल, रोशन दाहाल, किरण राइ, दिपेन बस्नेत, बिकास पोख्रेल, नितु कोइरालालगायतले अभिनय गरेका छन् । 

प्रतिकृया दिनुहोस