अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच वार्ताको तयारी पुरा

ट्रम्प क्यानडाबाट सिधै सिंगापुर जाने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानडाबाट सीधै सिंगापुर जाने भएका छन् । क्यानडामा हुने जी सेभेनको सम्मेलनमा भाग लिएपछि राष्ट्रपति ट्रम्प सीधै त्यहाँबाट सिंगापुर जाने ह्वाईटहाउसले बताएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र ट्रम्पबीच अर्को हप्ताको मंगलबार शिखर वार्ता हुँदैछ । ट्रम्प र किमबीच सिंगापुरको सेन्तोसा द्वीपमा रहेको कापेला होटेलमा भेटवार्ता हुँदैछ । सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प कति दिन बस्ने भन्ने बारेमा भने ह्वाईटहाउसले केहि बताएको छैन ।

शिखर वार्ताको सम्पूर्ण तयारी पूरा भएको अमेरिका र उत्तर कोरियाले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता यसअघि भने धरापमा परेको थियो ।

प्रतिकृया दिनुहोस