देश

धादिङ र ललितपुरमा दुर्घटना

एकको मृत्यु, ४ जना घाइते, एक बेपत्ता

ललितपुर । धादिङको बेनीघाट–रोराङ गाउँपालिका, जोगीमाराबाट एउटा ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँ आइरहेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशुलीमा खसेको हो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठको मृत्यू भएको छ ।

प्रहरीले १९ वर्षीय तुलसी दुलालको उद्धार गरेको थियो भने मकवानपुर घर भएका लव श्रेष्ठ बेपत्ता भएका छन् । हराईरहेकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यता ललितपुरको एकान्तकुनामा यात्रुबाहक बस पल्टिएको छ । घटनामा ४ जना घाइते भएका छन् ।

बा ४ ख ३८ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

प्रतिकृया दिनुहोस